काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनः बलुवाटार पुगेका छन् । प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनी आज (शुक्रबार) साँझ बालुवाटार पुगेका हुन् ।
सरकार गठनको विषयमा छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका हुन् । बिहीबार भएको भेटवार्तामा प्रचण्डले माधव नेपालको साथमा आफूलाई प्रधानमन्त्री बनाउन प्रस्ताव राखेका थिए । प्रचण्डले आफूलाई प्रधानमन्त्रीमा पहिला समर्थन गर्न देउवालाई बिहीबार एक दिनकाे अल्टिमेटमसमेत दिए थिए ।
आज बिहान पनि गठबन्धन दलका नेताहरुबीच सरकार गठनको विषयमा विभिन्न माध्यमबाट छलफल भएको थियो । कांग्रेस नेता प्रकाशमान सिंह बिहान प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका थिए । त्यहाँबाट पुनः उनी देउवा भेट्न बालुवाटार पनि पुगेका थिए ।
गठबन्धनको सरकार बनाउन शीर्ष नेताहरु सहमत भए पनि पहिलो कार्यकाल कसले नेतृत्व गर्ने भन्ने विषयमा सहमति बन्न सकेको छैन ।




















प्रतिक्रिया