काठमाडौं । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको एकसाताको समयसीमा सकिन लाग्दा सत्ता गठबन्धनका दुई प्रमुख दल नेपाली कांग्रेस र माओवादी केन्द्रले दाबी पेस गर्नका लागि आ–आफ्ना सांसदहरूको हस्ताक्षर सङ्कलन गरेका छन् ।
राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दिएको एक हप्ताको समय भोलि (पुस १० गते आइतबार) साँझ ५ बजे सकिँदै छ । तर गठबन्धन दलहरुबीच सहमति जुट्न सकेको छैन ।आलोपालो सरकार च
लाउने विषयमा तयार रहेका अहिले सत्तारुढ दलहरुबीच सरकारको नेतृत्व पहिला कसले गर्ने भन्नेबारे सहमति जुट्न सकेको छैन । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिला आफू प्रधानमन्त्री बन्न पाउनुपर्ने अडान राखेका छन् छने ठूलो दलको हैसियतले पहिला आफूले सरकारको नेतृत्व गर्ने कांग्रेस सभापति शेरबहादुर देउवाको भनाइ छ ।
सहमति नजुटिरहेकै अवस्थामा कांग्रेस र माओवादीले आफ्ना सदस्यको स्ताहक्षर सङ्कलन गरेका छन् । कांग्रेस सांसद सञ्जय गौतमले हस्ताक्षर संकलन गरेर राख्ने र आवश्यक परेको बेला प्रयोग गर्ने प्रचलन अनुसार हस्ताक्षर लिएको उल्लेख गरे । प्रतिनिधिसभामा कांग्रेसका ८९ सांसद छन् ।
कांग्रेस सँगसँगै माओवादी केन्द्रले आफ्ना सांसदहरूको हस्ताक्षर सङ्कलन गरेको छ । आफूहरुले हस्ताक्षर बुझाइसकेको माओवादी सांसदले पनि बताएका छन् । प्रतिनिधिसभामा माओवादीका ३२ जना सांसद रहेका छन् ।




















प्रतिक्रिया