काठमाडाैं । नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गर्न माग गरेका छन् । प्रधानमन्त्री निवास बलुवाटार पुगी प्रधानमन्त्री देउवालाई भेटेर सांसदहरुले प्रतिनिधिसभाको सबैभन्दा ठूलो राजनीतिक दलको हैसियतले कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनुपर्ने माग गरेका हुन् ।
कांग्रेस सांसद चन्दा चौधरीले संसद्काे सबैभन्दा ठूलाे पार्टी भएकाेले सभापति एवं संसदीय दलकाे नेता देउवाकै नेतृत्वमा नयाँ सरकार गठन हुनु स्वाभाविक हुने बताइन् । जवाफमा प्रधानमन्त्री देउवाले सांसदले उठाएका मागलाई गम्भीरतापूर्वक लिँदै त्यसबारे जानकारी गराउने बताएकाे उनले बताइन् ।
प्रतिनिधिसभामा कांग्रेस ८९ सिटसहित ठूलो दलका रूपमा रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरुलाई दाबी पेश गर्न दिएको समय सीमा आइतबार सकिँदैछ । तर अहिलेसम्म दलहरुबीच कुनै सहमति जुटिसकेकाे छैन ।




















प्रतिक्रिया