Logo

खेलकुद

नेपाल टी–ट्वान्टी लिग : फार वेस्टर्नलाई १५३ रनको लक्ष्य



काठमाडौं । नेपाल टी-ट्वान्टी लिगको दोस्रो खेलमा लुम्बिनी अल स्टारले फार वेस्टर्न युनाईटेडलाई जितका लागि १ सय ५३ रनको लक्ष्य दिएको छ । राजधानीमा आजदेखि सुरु भएको लिगअन्तर्गतको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन बनायो ।

लुम्बिनीका लागि लाहिरु मिलान्थाले ५० बलमा ६० रनको अर्धशतकिय ईनिङ खेले । कप्तान दीपेन्द्र सिंह ऐरी ३५ तथा गुलसन झा २५ रनमा आउट भए । फार वेस्टर्नका लागि उमर अलि र करन केसीले समान ३/३ विकेट लिए ।

आज नै भएको उद्घाटन खेलमा काठमाडौं नाईट्सले पोखरा एभेन्जर्सलाई २६ रनले पराजित गरेको थियो । यस लिगको बिजेताले ५५ लाख तथा उपबिजेताले ३० लाख पाउने छ । प्रतियोगिताको फाईनल खेल आगामी २७ गते हुनेछ । पहिलो संस्करणको यस प्रतियोगितामा ६ टोलीको सहभागीता रहेको छ ।

प्रकाशित मिति : ९ पुष २०७९, शनिबार १५:०७   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।