काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको नेता चयन गर्नका लागि निर्वाचन समिति गठन गरेको छ । सो समितिमा मिथलेशकुमार सिंह, दीपेन्द्र झा र अर्जुन थापा रहेका छन् ।
सकेसम्म सहमतिमा नै नेता चयन हुने तर विधानअनुसार प्रक्रिया पूरा गर्नका लागि यो समिति गठन गरिएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।जसपा नेपालसँग प्र
तिनिधिसभामा सातजना प्रत्यक्ष र पाँचजना समानुपातिक गरी १२ जना सांसद रहेका छन् । संसदीय दलका नेताका लागि अशोक राई, राज किशोर यादव, रामसहाय यादव, नवलकिशोर साह आकांक्षी छन् ।




















प्रतिक्रिया