Logo

राजनीति

गठबन्धन दलको नेतृत्वमा चाँडै नयाँ सरकार : महरा



बाँके । नेकपा (माओवादी) केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले गठबन्धन दलको नेतृत्वमा चाँडै नयाँ सरकार बन्ने दाबी गरेका छन् । प्रेस सेन्टर बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उपाध्यक्ष महराले सरकार निर्माणबारे आवश्यक छलफल भइरहेको बताए ।

महराले भने, “सरकार गठनका विषयमा आवश्यक छलफल चलिरहेको छ”, छिट्टै टुङ्गो लाग्नेछ र नयाँ सरकार गठन हुन्छ ।” पार्टी प्रवक्तासमेत रहेका उनले समाजवादी दलहरूको मञ्च निर्माणका लागि नेकपा (एमाले) महासचिव शङ्कर पोखरेल, नेकपा (एकीकृत समाजवादी), बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहनविक्रम सिंह, धर्मेन्द्र बाँस्तोलालगायतले नेतृत्व गरेको पार्टीसँग आवश्यक छलफल भइरहेको बताए ।

प्रकाशित मिति : ९ पुष २०७९, शनिबार २१:०९   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।