काठमाडौं । नयाँ सरकार गठनबारे निर्णयमा पुग्न भएकाे गठबन्धनका शीर्ष नेताहरुबीचकाे बैठक भाँडिएपछि नेकपा एकीकृत समाजवादीको पदाधिकारी बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारबाटमा बसेको गठबन्धनको बैठकमा कुरा नमिलेपछि अध्यक्ष माधव नेपालले पदाधिकारी बैठक बोलाएका हुन् ।
पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा उपलब्ध पदाधिकारिहरुको बैठक भर्खरै सुरु भएको एक केन्द्रीय सदस्यले बताए । बैठकमा नेपालसहित उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव बेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला, किसान श्रेष्ठ, मेटमणि चौधरी, विजय पौडेल लगायत नेताहरू सहभागी छन् ।
माओवादी केन्द्र गठबन्धन टुटेको भन्दै एमालेसँग संवाद अघि बढाएपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताएको छ ।
बालुवाटार बैठकमा कुरा नमिलेपछि बाहिरिएका प्रचण्ड अहिले एमाले अध्यक्ष केपी ओलीसँगकाे वार्तामा छन् । प्रचण्डसहित स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपाका अशाेक राईलगायत नेताहरु छलफलमा छन् ।




















प्रतिक्रिया