काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई बालकोट बैठकबाट बाहिरिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालुवाटारमा भइरहेको चार संयुक्त बैठकबाट उनी केहीबारे अघि बाहिरिएका हुन् ।
नेता राई पार्टीमा छलफल गर्ने भन्दै बाहिरिएका हुन् । पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘म छलफल गर्न हिँडेको । हाम्रो संसदीय दलको नेता पनि नछानिएकाले पार्टीमा छलफल गर्नुपर्छ ।’
बैठकमा सरकार निर्माणको विषयमा छलफल भएको र बालकोट बैठकमा सहभागी दलकै गठबन्धन बन्नेजस्तो देखिएको राईले बताए । बालकोट बैठकमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीका नेताहरु सहभागी छन् ।




















प्रतिक्रिया