Logo

राजनीति

माधव नेपालकाे अडान : एमालेसँग यथास्थितिमा कुनै साझेदारी हुन्न



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सल्लाह नगरी बालकोट गएको बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको वार्ताका लागि प्रचण्ड सल्लाह नगरी गएको भन्दै आफूहरु भने एमालेसँग तत्काल कुनै साझेदारी गर्ने पक्षमा नरहेको बताएका छन् ।

सत्ता गठबन्धन टुटेपछि पार्टी कार्यालय आलोकनगरमा जारी बैठकमा अध्यक्ष नेपालले गठबन्धनको बैठकबारे बिफ्रिङ गरिरहेका हुन् ।

बैठकले पनि एमालेसँग यथास्थितिमा कुनै हालतमा मिलेर जान नसक्ने निष्कर्ष निकालेको बताइएको छ ।

प्रकाशित मिति : १० पुष २०७९, आईतवार १५:१७   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।