काठमाडौं । बालुवाटार बैठक भाँडिएपछि अहिले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा संयुक्त बैठक बसिरहेको छ । संभावित वाम गठबनधन सरकार बनाउने विषयमा एमाले अध्यक्ष ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्व्तन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत छलफलमा छन् ।
केहीबेरअघि जनमत पार्टीका अध्यक्ष सिके राउत पनि बालकोट पुगेका छन् । उनले प्रचण्डले बोलाएपछि आफू बालकोट आएको पत्रकारहरुलाई प्रतिक्रिया दिएका छन् ।
अहिले जारी छलफल सकारात्मक रुपमा अघि बढेको बताइएकाे छ । विश्वासनीय उच्च स्रोतका अनुसार अहिले प्रचण्डलाई प्रधानमन्त्री दिएर राष्ट्रपति एमालेले लिने विषयमा छलफल भइरहेको छ । ‘अब प्रधानमन्त्रीमा प्रचण्ड र राष्ट्रपतिमा सुवास नेम्वाङलाई अघि बढाउने सम्भावना धेरै छ’, अनलाइनपानासँग स्राेतले भन्याे ।
एमालेले राष्ट्रपति पाए उपाध्यक्ष सुवास नेम्वाङलाई अघि सार्ने स्रोतको दाबी छ । एमाले र माओवादी गठबन्धनमा नयाँ सरकार बनेमा भारत असफल हुने ठहरिने कूटनीतिज्ञहरु बताउँछन् ।
कांग्रेस राष्ट्रपति र प्रधानमन्त्री दुबै पद नछाड्ने भएपछि प्रचण्ड गठबन्धनको वार्ता छाडेर ओलीसँगको छलफलमा पुगेका हुन् । रास्वपा र जसपा पनि थपिएपछि चार दलसँग सरकार गठनका लागि आवश्यक बहुमत पुग्छ । त्यमा सिके राउतकाे पनि इन्ट्री भएकाे छ ।
प्रचण्डलाई पहिला प्रधानमन्त्री दिन एमाले अध्यक्ष ओली तयार रहेको विवरणहरु यसअघि नै बाहिरिएकाे थियाे । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको एक हप्ताको समय आइतबार साँझ ५ बजे सकिँदैछ ।




















प्रतिक्रिया