काठमाडौं । नेकपा एमाले आफ्नो भागमा परेको राष्ट्रपति र सभामुखलगायतका विषयमा सरकार गठनपछि मात्र छलफल गर्ने भएको छ । महासचिव शंकर पोखरेलले सरकार गठनपछि मात्र यी पदका विषयमा छलफल गर्ने बताएका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको थियो ।
सो निर्णयपछि पत्रकारहरुसँग कुरा गर्दै एमाले महासचिव पोखरेलले भने, ‘अहिले एजेन्डा आधारित सरकार गठनको सहमति गरेका हौं । सरकार बनेपछि अन्य विषयमा छलफल हुन्छ ।’




















प्रतिक्रिया