Logo

राजनीति

कर्णालीका नवनिर्वाचित सांसदले लिए शपथ



कर्णाली प्रदेशका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहसमक्ष उनीहरूले शपथ लिएका हुन् ।

ज्येष्ठ सदस्य शाहलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका थिए । शाहले प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम नवनिर्वाचित सांसदलाई शपथ खुवाएका हुन् ।

कर्णालीमा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका १-१ जना स्वतन्त्र गरी ४० जना सांसद रहेका छन् । जसमध्ये २४ जना प्रत्यक्षतर्फ र १६ जना समानुपातिक प्रणालीबाट सांसद बनेका हुन् ।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार १८:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।