Logo

बागमती प्रदेश

बागमतीमा कांग्रेस संसदीय दलको निर्वाचन आज, लामा र बानियाँमध्ये कसले मार्लान् बाजी ?



हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज (बुधबार) निर्वाचन हुँदैछ । मतदान दिउँसो दुई बजेका लागि निर्धारण गरिएको छ । संसदीय दलको नेतामा केन्द्रीय सदस्य बहादुर सिंह लामा र बागमती प्रदेश सभापति इन्द्र बानियाँले मनोनयन दर्ता गरेका छन् । उनीहरु दुवै संस्थापन पक्षका हुन् ।

बानियाँ अघिल्लो पटक पनि दलको नेता थिए । अघिल्लो पटक संघीय संसदमा समानुपातिकबाट सांसद बनेका लामा यसपटक बागमती प्रदेश सभाका लागि उम्मेदवार भई निर्वाचित भएका हुन् । बागमती प्रदेश सभामा प्रत्यक्षबाट निर्वाचित २५ र समानुपातिकबाट १२ गरी कांग्रेसबाट कूल ३७ जना सांसद छन् ।

दलको नेता चयन गर्दा संस्थापन पक्षकै सांसदहरु दुईतिर विभाजित हुँदा शेखर–गगन समूह निर्णायक बन्न सक्ने देखिएको छ । तर यो समूह कतातिर खुल्ने भन्ने टुंगो छैन ।

प्रकाशित मिति : १३ पुष २०७९, बुधबार १०:५९   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।