Logo

प्रमुख समाचार

नेकपा एस र जसपालाई पनि सरकारमा ल्याउन प्रयास, माधव र उपेन्द्रसँग प्रचण्डकाे छलफल



काठमाडौं । आफूसँग कुनै सल्लाह नै नगरी नेकपा एमालेलगायतका दलसँग मिलेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग असन्तुष्ट रहेको नेकपा एकीकृत समाजवादी र एमालेसँग सहकार्य नगर्ने घोषणा गरिसकेको जनता समाजवादी पार्टीलाई सरकार ल्याउन पहल सुरु भएको छ ।

यसका लागि प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले आज नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन् । ललितपुरको हात्तिवनमा प्रचण्डले नेपाल र यादवलाई भेटेर छलफल गरेका हुन् । अध्यक्ष नेपालले प्रचण्डले धोका दिएको अभिव्यक्ति सार्वजनिक रुपमै दिँदै आएका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड कांग्रेस नेतृत्वको गठबन्धन तोडेर नेकपा एमालेसहितका दलको समर्थनमा यही पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए । सोही दिन प्रचण्डले आफ्नो नेतृत्वमा आठ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए । अब अन्य दलहरुलाई पनि समेटेर मन्त्रिपरिषद विस्तार गर्दा एकीकृत समाजवादी र जसपालाई पनि समेट्ने प्रयासमा प्रचण्ड रहेको नेताहरु बताउँछन् ।

मंगलबार नेकपा एकता अभियानका संयोजक बामदेव गौतमले पनि माधव नेपाललाई प्रचण्ड नेृत्वको सरकार सहभागी हुन आग्रह गरेका थिए । उनले अहिलेको सरकारमा एकीकृत समाजवादी सामेल नभए ऐतिहासिक भुल हुनेसमेत बताएका थिए ।

प्रकाशित मिति : १३ पुष २०७९, बुधबार ११:३३   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।