Logo

खेलकुद

पोखरालाई चौथो हार चखाउँदै विराटनगरले निकाल्यो पहिलो जित



काठमाडौं । विराटनगर किग्संले पोखरा एभेन्जर्सलाई पराजित गर्दै नेपाल टी–ट्वान्टी लिगमा पहिलो जित हात पारेको छ । लगातार चौथो खेलमा हार व्यहोर्ने क्रममा पोखरा ६ विकेटले पराजित भएको हो ।

प्राविधिक कारण १९ ओभरमा छोट्याइएको खेलमा जितका लागि १ सय ४० रनको लक्ष्य पाएको विराटनगरले १७.४ ओभरमा ६ विकेट गुमाएर भेट्यो । विराटनगरका लागि हुसेन तलतले ३० बलमा ४ चौका र १ छक्काको सहयोगमा अविजित ५० रनको अर्धशतकीय ईनिङ खेले । अर्जुन साउद २५ रनमा आउट भए । कप्तान आन्दे्र म्याकार्थीले २१ तथा पृथु बाँस्कोटाले १५ रन बनाए ।

पोखराका लागि कुशल मल्ल र शरद भेषवाकरले समान २/२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पोखराले १९ ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन बनाएको हो ।

पोखराका लागि कुशल मल्लले १८ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ३७ तथा सिद्धान्त लोहनीले ३ छक्काको सहयोगमा १९ बलमा २६ रन बनाए । कप्तान उपुल थरंगा १९ रनमा आउट हुँदा आसिफ शेखले १० रन बनाए । प्रतिश जिशीले अविजित ११ तथा शरद भेषवाकरले अविजित ९ रन बनाए ।

विराटनगरका लागि हुसेन तलत र राज नाननले समान २/२ तथा नन्दन यादव,साहब आलम र कप्तान आन्द्र म्याकार्थीले समान १/१ विकेट लिए ।

पहिलो जित हात पारेको विराटनगर तीन खेलमा २ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । लगातार चौथो हार व्यहोरेको पोखरा र्अक बिहिन रहेर अंक तालिकाको पुछारमा रहेको छ ।

प्रकाशित मिति : १३ पुष २०७९, बुधबार १८:४६   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।