Logo

अन्तर्राष्ट्रिय

कतारमा मेस्सी बसेको कोठालाई म्युजियम बनाइने



काठमाडौं । कतार विश्वकपका क्रममा अर्जेन्टिनी सपुरस्टार लियोनल मेस्सी बसेको कोठालाई म्युजियम बनाइने भएको छ। दोहास्थित कतार युनिभर्सिटीले मेस्सी बसेको कोठालाई मिनि म्युजियम बनाउने जनाएको छ ।

अर्जेन्टिनी टोली युनिभर्सिटीमा बसेको थियो । अर्जेन्टिनी टोलीले उक्त विश्वविद्यालयकै मैदानलाई नियमित प्रशिक्षणका लागि प्रयोग गरेको थियो ।

एक साताअघि सम्पन्न विश्वकपमा साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा पराजित गरि अर्जेन्टिना विश्व विजेता बनेको थियो । मेस्सी कतार विश्वकपका सर्वोत्कृष्ट खेलाडी पनि घोषित भएका थिए।

प्रकाशित मिति : १३ पुष २०७९, बुधबार १९:११   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।