काठमाडौं । कतार विश्वकपका क्रममा अर्जेन्टिनी सपुरस्टार लियोनल मेस्सी बसेको कोठालाई म्युजियम बनाइने भएको छ। दोहास्थित कतार युनिभर्सिटीले मेस्सी बसेको कोठालाई मिनि म्युजियम बनाउने जनाएको छ ।
अर्जेन्टिनी टोली युनिभर्सिटीमा बसेको थियो । अर्जेन्टिनी टोलीले उक्त विश्वविद्यालयकै मैदानलाई नियमित प्रशिक्षणका लागि प्रयोग गरेको थियो ।
एक साताअघि सम्पन्न विश्वकपमा साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा पराजित गरि अर्जेन्टिना विश्व विजेता बनेको थियो । मेस्सी कतार विश्वकपका सर्वोत्कृष्ट खेलाडी पनि घोषित भएका थिए।




















प्रतिक्रिया