Logo

अर्थ

सुनको मूल्यमा सामान्य गिरावट



काठमाडाैं । नेपाली बजारमा (बिहीबार) सुनको मूल्यमा सामान्य गिरावट आएकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो । योसँगै छापावाला सुन प्रतितोला १ लाख ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ४०० रुपैयाँ कायम भएको छ।

हिजो सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख १ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ६०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ३८० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : १४ पुष २०७९, बिहीबार १२:१६   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।