Logo

अर्थ

लगानीकर्तालाई निराश बनाएको प्रभु बैंकले सीईओलाई बुझायो ४ करोडभन्दा बढी तलब



काठमाडौं । लाभांशको परिमाण घटेपछि प्रभु बैंकका लगानी कर्ता निराश भएका छन् । आर्थिक वर्ष २०७७/०७८ मा १२ प्रतिशतभन्दा बढी लाभांश हात पारेका लगानीकर्ता यसक पटक थप वृद्धि हुने अपेक्षामा थिए । तर बैंकले त्यो परिमाणलाई झन्डै आधाले घटाएर आर्थिक वर्ष २०७८/०७९ मा लगानीकर्ताहरूलाई ८ प्रतिशत मात्र लाभांश दिने भयाे ।

उक्त प्रस्तावित लाभांश बैंकको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा आज (पौष १४ गते, बिहीबार) सम्पन्न २१औँ वार्षिक साधारण सभाले पारित गरेको पनि गरिसकेको छ ।

तर लगानीकर्तालाई निराश बनाइरहेको प्रभु बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ)को तलब भने निरन्तर बढाउँदै लगेको छ । प्रभु बैंक सीईओ अशोक शेरचनले आर्थिक वर्ष २०७७/७८० मा तलव–भत्ता बापत कूल ३ करोड ५३ लाख रुपैयाँ बुझेकामा आर्थिक वर्ष २०७८÷७९ मा ४ करोडभन्दा बढी बुझेका छन् ।

बैंकले आज साधारण सभामार्फत प्रदान गरेको प्रतिवेदनमा अनुसार आर्थिक वर्ष २०७८÷७९ मा शेरचनले तलब–भत्ता बापत कूल ४ करोड ३ लाख २० हजार रूपैयाँ बुझेका छन् । उनले तलब–भत्ता बापत ३ करोड ३ लाख ३ हजार रूपैयाँ, कर्मचारी बोनस बापत ५६ लाख ९४ हजार रूपैयाँ र दशैँ तथा बिदा भत्ता बापत ४३ लाख २३ हजार गरी कूल ४ करोड ३ लाख २० हजार रूपैयाँ बुझेका हुन् ।

प्रकाशित मिति : १४ पुष २०७९, बिहीबार १६:३८   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।