काठमाडौं । भारतीय विदेश मन्त्रालयले नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न उत्सुक रहेको बताएका छन् । बिहीबार आयोजित साप्ताहिक नियमित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले नेपालसँगको द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउँदै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारसँग मिलेर काम गर्न तयार रहेको बताएका हुन् ।
‘हाम्रा दुई देशका बीचमा जुन अद्वितीय द्विपक्षीय सम्बन्ध छ यसलाई बढाउनका लागि हामी नेपालको नयाँ सरकारसँग मिलेर काम गर्ने आशा राख्दछौँ र गर्नेछौँ । दुई देशका बीचमा ऐतिहासिक सम्बन्ध छ,’ उनले भने, ‘चुनावपछि आएको नयाँ सरकार आएको छ । हामी त्यससँग मिलेर काम गर्न उत्सुक छौँ ।’
नेपालमा चुनावपछि बनेको नयाँ सरकार र यहाँको राजनीतिक परिस्थितिका बारेमा सञ्चारकर्मीहरूले राखेको जिज्ञासको जवाफ दिँदै बाग्चीले प्रचण्ड प्रधानमन्त्री हुनेबित्तिकै नरेन्द्र मोदीले बधाई दिएको र प्रचण्डले पनि जवाफ फर्काइसकेको उल्लेख गरे । प्रचण्ड प्रधानमन्त्री नियुक्त भएकै दिन भारतीय प्रधानमन्त्री मोदीले ट्वीटरमार्फत प्रचण्डलाई बधाई दिएका थिए ।




















प्रतिक्रिया