Logo

अर्थ

विदेशबाट फर्केका नेपालीले ल्याउने ‘उपहार मोबाइल’मा कडाइ नगर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन



काठमाडौं । विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् । पुरानै चलिरहेको प्रक्रियामै रहन दिन प्रधानमन्त्रीले अर्थमन्त्रीलाई निर्देशन दिएका हुन् ।

वर्षौं श्रम गरेर फर्केका सर्वसाधारणले विदेशबाट ल्याउने मोबाइलमासमेत कडाइ गर्न खोजिएपछि तीव्र आलोचना भइरहेका बेला प्रधानमन्त्रीबाट यस्तो निर्देशन भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरणले शर्माले जानकारी दिए ।

विदेशबाट एकथान मोबाइल ल्याउँदा पनि सरकारले १८ प्रतिशत कर लिन लागेको भन्दै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले ‘नो रेमिट्यान्स’ ह्यासट्याग प्रयोग गर्दै विरोध जनाएका छन् । उनीहरुले रेमिट्यान्सबाट पैसा पठाउन रोक्ने भन्दै सामाजिक सन्जालमा ‘नो रेमिट्यान्स’ अभियान चलाएका हुन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले एमडिएमएस प्रणाली लागू गर्दै भन्सार छलेर ल्याइएका मोबाइल फोनहरु १५ पुसदेखि नेपालमा नचल्ने व्यवस्था गरेको छ । यो व्यवस्था अनुसार विदेशबाट फर्किने क्रममा कसैले उपहारको रुपमा अर्को मोबाइल फोन ल्याएमा १८ प्रतिशत भन्सार लाग्ने र तेस्रो मोबाइल जफत नै गर्ने भनिएको थियो ।

प्रकाशित मिति : १५ पुष २०७९, शुक्रबार ११:४३   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।