Logo

प्रमुख समाचार

सुदूरपश्चिममा एकीकृत समाजवादी संसदीय दलको नेतामा सोडारी चयन



काठमाडाैं । सुदूरपश्चिम प्रदेशसभा नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेतामा दीर्घ सोडारी चयन भएका छन् । पार्टीबाट निर्वाचित ज्येष्ठ सदस्य प्रकाश रावलको अध्यक्षता तथा पार्टीका प्रदेश सचिव दिनेशचन्द्र सुवेदीको उपस्थितिमा बसेको बैठकले सोडारीलाई दलको नेता चयन गरेको हो ।

सोडारी कैलाली निर्वाचन क्षेत्र ४ (१) को प्रदेशसभामा चार हजार ७६ मतको अन्तरले विजयी भएका हुन । उनी अहिले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीसमेत हुन् ।

धनगढीस्थित प्रदेश पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले दलको उपनेतामा कन्चनपुरबाट निर्वाचित प्रकाश रावललाई दलको उपनेता, बाजुराबाट निर्वाचित नरेश शाहीलाई प्रमुख सचेतक र माया पन्तलाई सचेतक तोकेको छ ।

प्रकाशित मिति : १५ पुष २०७९, शुक्रबार १८:१४   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।