काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउने गरी कार्य अघि बढाउन उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज (शनिबार) बिहान भएको भेटमा प्रधानमन्त्री प्रचण्डले उक्त निर्देशन दिएका हुन् । प्रधानमन्त्री प्रचण्डसमक्ष गृहमन्त्री लामिछानेले सुरक्षा व्यवस्था र सुशासन कायम राख्नेबारे सङ्क्षिप्त ‘रिपोर्ट’ पेश गरेका थिए ।
यस्तै, भेटमा सिंहदरबारमा नागरिकको सहज पहुँच पुर्याउने, कोरोना संक्रमण बढ्न नदिन अपनाउनुपर्ने शतर्कता र चिसोबाट नागरिकलाई सुरक्षित राख्न गर्नुपर्ने तयारीका विषयमा छलफल भएको थियाे ।
सिंहदरबार प्रवेशका लागि नागरिकलाई झण्झटिलो व्यवस्था गरिएकोले त्यसमा सहज प्रक्रियाको व्यवस्था मिलाउने तयारी सरकारले गरिरहेको छ ।




















प्रतिक्रिया