काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय केन्द्रीय कार्यालय आलोकनगरमा जारी छ । बैठकमा अध्यक्ष माधवकुमार नेपालले ब्रिफिङ गर्दै समयमै विचार नगर्दा अप्रत्याशित घटना भएर गठबन्धन भंग हुन पुगेको बताएका छन् ।
अध्यक्ष नेपालले सम्बोधन गर्दै नयाँ किसिमको चुनौती देखा परेको बताए । उनले कांग्रेसको नाम नलिई समयमै विचार नगर्दा स्थितिमा परिवर्तन भएको र अप्रत्याशित घटना भएको बताए । अध्यक्ष नेपालले केही व्यक्तिमा आएको सोचको समस्याले गर्दा सहज ढंगले जान नसकिएको बताए ।
२०७४ सालमा वामपन्थीलाई दिएको जनमतको पनि सदुपयोग गर्न नसकिएको भन्दै अब कसरी जाने भन्नेबारेमा बैठकले ठोस निर्णय गर्नुपर्ने बताए ।
अचानक आफूसहितको गठबन्धन तोडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेलगायत दलहरुको समर्थनमा प्रधानमन्त्री बनेपछि एकीकृत समाजवादी बिलखबन्दमा परेको छ ।
नेकपा एकीकृत समाजवादीलाई सरकारमा ल्याउने प्रयास भने प्रधानमन्त्री प्रचण्डले गरिरहेका छन् । सरकारमा जाने वा नजानेबारे पनि यी स्थायी कमिटीले छलफल गर्ने नेताहरुले बताएका छन् ।




















प्रतिक्रिया