Logo

राजनीति

यो कार्यकालमा भाषणभन्दा धेरै काम गर्छु : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले यो कार्यकालमा भाषण कम र काम धेरै गरेर जनताको सेवा बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको सुधार र सुशासनको पक्षमा काम गर्ने बताका छन् ।

चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हीरक महोत्सव समारोहलाई आज (शनिबार) सम्बोधन गर्दै प्रचण्डले भ्रष्टाचार र बेथिति नियन्त्रण गर्नुपर्ने आवश्यकता, जनताले विभिन्न क्षेत्रमा पाइरहेका सास्तीहरुबाट मुक्त गर्नुपर्ने आवश्यकतालाई इङ्गित गर्दै निर्णय गरिएको ब ताए ।

‘प्रधानमन्त्रीको शपथग्रहण लिएर पहिलो क्याबिनेट बैठकबाट देशको अर्थतन्त्रमा सुधार गर्नुपर्ने ऐतिहासिक आवश्यकता, सङ्कटबाट पार लगाउनुपर्ने आवश्यकता, सुशासन कायम गर्नुपर्ने आवश्यकता, भ्रष्टाचार र बेथिति नियन्त्रण गर्नुपर्ने आवश्यकता, जनताले विभिन्न क्षेत्रमा पाइरहेका सास्तीहरुबाट मुक्त गर्नुपर्ने आवश्यकतालाई इङ्गित गर्दै निर्णय गरिएको थियो’, उनले भने ।

फरक प्रसङ्गमा प्रधानमन्त्री प्रचण्डले कुनै पनि राष्ट्रको सभ्यता र संस्कृतिको अनुशासन र विकासको आधारशीला भनेको शिक्षा भएको बताए । शिक्षाको गुणस्तरद्वारा नै एउटा सभ्य र अनुशासित समाजको निर्माण गर्न सकिन्छ र विकासलाई पनि दिगो रूपमा अघि बढाउन सकिने उनको भनाइ थियो ।

प्रकाशित मिति : १६ पुष २०७९, शनिबार १५:३७   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।