Logo

राजनीति

विवेकशील साझा पार्टीको महाधिवेशन माघमा



काठमाडौं । विवेकशील साझा पार्टीले आगामी माघ अन्तिममा महाधिवेशन गर्ने निर्णय गरेको छ । शुक्रवार र शनिवार तनहुँको बन्दीपुरमा भएको भेलाले माघ २७ र २८ गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

भेलाले १६ पुसदेखि लागू हुने गरी पार्टी केन्द्रीय समितिलाई महाअधिवेशन आयोजक समितिमा रूपान्तरण समेत गरेको छ ।

विवेकशील साझाले पार्टी निर्माणको विभिन्न चरणमा भूमिका परिवर्तन भएका, कारबाहीमा परेका, निष्क्रिय भएका सदस्यलाई निःशर्त महाधिवेशनमा समेट्ने जनाएको छ ।

प्रकाशित मिति : १६ पुष २०७९, शनिबार २०:०५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।