Logo

प्रमुख समाचार

प्रतिनिधिसभाको पहिलो बैठकका एजेन्डा तय गर्न ज्येष्ठ सदस्य राणाद्वारा सर्वदलीय बैठक आह्वान



काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकका एजेन्डा तय गर्न ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले सर्वदलीय बैठक आह्वान गरेका छन् । सर्वदलीय बैठक यही पस २२ गतेका लागि बोलाएको हो ।

दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ । संसद्को पहिलो बैठक पुस २५ मा बस्दैछ ।

राष्ट्रपतिबाट शपथ लिएर ज्येष्ठ सदस्य राणाले नै यसअघि प्रतिनिधिसभाका अन्य सदस्यहरुलाई शपथग्रहण गराएका थिए । अब प्रतिनिधिसभा बैठक पनि सभामुख चयन नहुँदासम्म राणाले नै सञ्चालन गर्नेछन् ।

प्रकाशित मिति : १७ पुष २०७९, आईतवार १७:४६   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।