काठमाडाैं । हिमालयन डिस्टिलरीसहित ८ कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस १९ गते अन्तिम दिन रहेको छ ।आजससंम नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कायम भई कारोबार गर्ने सेयरधनीली मात्र हिमालयन डिस्टिलरी, मुक्तिनाथ विकास बैंक, साधना लघुवित्त, मिर्मिरे लघुवित्त, गुराँस लघुवित्त, शिवम सिमेन्ट्स, बोटलर्स नेपाल र बोटलर्स नेपाल (तराई) को लाभांश प्राप्त गर्नेछन् ।
वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि यी कम्पनीले भोलि पुस २० गते बुक क्लोज गर्दैछन्। हिमालयन डिस्टिलरीले गत आर्थिक वर्षका लागि ६० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद (करसहित) गरी कुल ७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश कम्पनीको पुस २९ गते हुने २२ औँ वार्षिक साधारणसभा पारित गर्नेछ।
यसैगरी मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षका लागि १३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश बैंकले यही पुस ३० गते हुने १६ औँ वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।
मिर्मिरे लघुवित्तले गत आर्थिक वर्षका लागि २३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश संस्थाको यही पुस पुस ३० गते १२ औँ वार्षिक साधारणसभाबाट अनुमोदन हुनेछ। त्यस्तै साधना लघुवित्तले गत आर्थिक वर्षका लागि १९ बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश संस्थाले यही पुस ३० गते हुने छैटौँ वार्षिक साधारणसभाबाट पारित हुनेछ।
गुराँस लघुवित्तले गत आर्थिक वर्षका लागि ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश संस्थाको यही पुस ३० गते हुने वार्षिक साधारणसभा अनुमोदन हुनेछ। शिवम सिमेन्ट्सले गत आर्थिक वर्षका लागि १०.५३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश कम्पनीको यही पुस २९ गते हुने वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।
त्यसैगरी बोटलर्स नेपाल र बोटलर्स नेपाल (तराई)ले गत आर्थिक वर्षका लागि क्रमशः २० प्रतिशत र ६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन्। प्रस्तावित लाभांश यी दुवैको यही पुस २९ गते काठमाडौंको लाजिम्पाटस्थित होटेल र्याडिसनमा हुने वार्षिक साधारणसभाबाट अनुमोदन हुनेछ।




















प्रतिक्रिया