Logo

प्रमुख समाचार

यातायात कार्यालय एकान्तकुनामा उपप्रधानमन्त्री श्रेष्ठको ‘छड्के’



काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ छड्के अनुगमनका लागि एकान्तकुनास्थित यातायात कार्यालय पुगेका छन् । मंगलबार कार्यालय समय सुरू हुनासाथ मन्त्री श्रेष्ठ एकान्तकुना पुगेका थिए ।

छिटो र झन्झटरहित सेवा प्रवाहका लागि मन्त्री श्रेष्ठले कर्मचारीलाई निर्देशन दिएका छन् । साथै सेवाग्राहीसँग पनि पाइरहेको सेवा र गुनासोबारे जिज्ञासा राखेका थिए । उनले सवारी चालक अनुमति पत्रका लागि भइरहेको लिखित तथा ट्रायल परीक्षाको पनि निरीक्षण गरेका छन् ।

मन्त्री श्रेष्ठले मन्त्रालय सम्हालेलगत्तै भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र अनियमितालाई कडाइका साथ रोक्नु पहिलो कर्तव्य भएको उल्लेख गर्दै भनसुन र घूसपैठविना काम गर्ने वातावरण बनाउने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मिति : १९ पुष २०७९, मंगलवार १२:११   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।