Logo

प्रमुख समाचार

प्रतिनिधिसभा सदस्य प्रेम र मायाले लिए शपथ



काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रेम आले र माया राईले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनीहरुलाई आज (मंगलबार) प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले शपथ गराएका हुन् ।

प्रतिनिधिसभाका अन्य सदस्यले गत ७ पुसमै शपथ लिएका थिए । नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।

सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथग्रहण गराउने व्यवस्था छ । ज्येष्ठ सदस्य जबरालाई राष्ट्रपतिले शपथग्रहण गराएपछि अन्य सबै सदस्यलाई उनले नै शपथ गराएका हुन् ।

प्रकाशित मिति : १९ पुष २०७९, मंगलवार १३:१०   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।