Logo

प्रमुख समाचार

यातायात कार्यालयको अनुगमनपछि उपप्रधानमन्त्री श्रेष्ठ भने : ‘जनताको पीडा हेरेर बस्दैनौँ’



काठमाडौं । उप्रपधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले छिट्टै नै यातायात व्यवस्था सेवा सुधार कार्ययोजना ल्याउने बताएका छन् । मंगलबार छड्के अनुगमनका लागि एकान्तकुना, ठूलोभर्‍याङ र गुर्जुधारा यातायात कार्यालय पुगेका उनले अनुगमनपछि सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा कमजोरीहरूलाई सुधार गर्दै यातायात व्यवस्था सेवालाई चुस्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।

सुशासन र चुस्त सेवा आफ्नो प्राथमिकतामा रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले भने, ‘संघ र प्रदेश सरकारबीच समन्वय गरेर तत्काल यातायात व्यवस्था सेवामा सुधार गर्छौं । कर्मचारी थप्न पर्ने ऐनअनुसार थपिन्छ । बिहानदेखि आएर पैसा तिर्नदेखि लाइसेन्स लिन देखिएका लाइन बस्नुपर्ने समस्या समाधान गर्छौं ।’प्रदे

शले कार्ययोजना बनाए पनि त्यसलाई कार्यान्वयन चरणमा लैजान नसेकेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले जनताले तुरुन्तै पाउनुपर्ने सेवा नपाएको र अब भने त्यसलाई सुधार गर्ने कार्ययोजना तुरुन्तै बनाइएने बताए । ‘जनताले पीडा पाइरहेका छन् । हामी हेरेर बस्दैनौँ । हेरेर बस्ने भए हाम्रो काम छैन’, उनले भने ।

प्रकाशित मिति : १९ पुष २०७९, मंगलवार १३:४५   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।