काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालत पुगेका छन् । निर्वाचन खर्चको विवरण समयमै नबुझाउने स्थानीय तहका जनप्रतिनिधिबाट लाखौं रूपैया जरिवाना असुल्ने आयोगको निर्णयविरुद्ध रिट लिएर महानगर प्रमुख साह आज (मंगलबार) सर्वोच्च पुगेका हुन् ।
देशभर स्थानीय निर्वाचनमा भाग लिएकामध्ये १ लाख २३ हजार ६२४ उम्मेदवारले जरिवाना नतिरे ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन रोक लगाउने गरी भएको सो निर्णयविरुद्ध साह अदालत गएका हुन् । उनले सर्वोच्च अदालतको संवैधानिक इजलासबाट आयोगको सो निर्णय बदर गर्न माग गरेका छन् ।
साहले रिटमा निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय काठमाडौं, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयालाई विपक्षी बनाएका छन् । उनले अदालतबाट यसको स्पष्ट व्याख्या हुनुपर्ने जिकिर गरेका छन् । कुनै पनि ऐन र संविधानमा नभएको व्यवस्था निर्वाचन आयोगले जबर्जस्ती लागू गराउन खोजेको जिकिर साहको रिटमा गरिएको छ ।अब सर्वोच्चले महा
नगर प्रमुख साहको पक्षमा आदेश दिएमा देशभरका हजारौं जनप्रतिनिधि जरिवाना तिर्नुपर्ने आयोगको सो निर्णयबाट मुक्त हुनेछन् । आयोगले साढे ७ लाख रूपैयाँसम्म जरिवाना तोकेको छ ।




















प्रतिक्रिया