काठमाडौं । प्रधानमन्त्री एवं पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख राजनीतिक सल्लाहकारमा नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल नियुक्त हुने भएका छन् । प्रतिनिधिसभा सदस्यको टिकट नपाएपछि पार्टी अध्यक्षसँग असन्तुष्ट रहेका नेता गजुरेललाई प्रचण्डले मुख्य सल्लाहकार बन्न आग्रह गरिसकेका बताइएको छ ।
खजुरेल सिन्धुली–२ बाट प्रतिनिधिसभा चुनाव लड्न चाहन्थे । तर पार्टीले उनको टिकट राजन दाहाल (लेखनाथ)लाई दिएपछि उनी पार्टी नेतृत्वसँग असन्तुष्ट रहँदै आएका थिए । टिकटका लागि प्रदेश कमिटीबाट सिफारिस भए पनि राजन दाहालले हुलहुज्जत गरेर प्रचण्डलाई दबाबमा पारेको आरोप गजुरेलको छ । उपराष्ट्रपति बन्न अस्वीकार गरेका गजुरेलले प्रचण्डसँग पार्टीकै कार्यकारी भूमिका माग गरेका थिए । तर, प्रचण्डले उनलाई मुख्य सल्लाहकार बन्न भनेका हुन् ।स
रकारले विश्वासको मत लिएर मन्त्रिपरिषदले पूर्णता पाएपछि गजुरेलको नियुक्ति हुने बताइएको छ । मन्त्रीसरहको सुविधा पाउने गरी गजुरेल प्रचण्डको सल्लाहकार बन्न तयार रहेका पनि बताइएको छ ।




















प्रतिक्रिया