काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने/नहुनेबारे नेकपा एकीकृत समाजवादीको पालिटब्यूरो अनिर्नित भएको छ । पार्टी पोलिटब्युरोको दुई दिन चलेको बैठकमा पछिल्लो पटक विकशित राजनीतिक घटनाक्रम, सरकारमा सहभागी हुने/नहुने लगायतका एजेन्डामा छलफल भएपनि बैठक निष्कर्षमा पुग्न नसकेको हो ।
एकीकृत समाजवादीले अबयो निर्णय गर्ने जिम्मेवारी पार्टी सचिवालयलाई दिएका छ । सरकारको बारेमा पनि थप अध्ययन गर्न आवश्यक देखिएकोले यसबारे अध्ययन गर्ने जिम्मेवारी सचिवालयलाई दिइएको पार्टि प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । ‘सरकारको बारेमा बृहत छलफल गरेका छौं । यसको विषयमा थप अध्ययन, छलफल र विचार विमर्श गर्नुपर्ने र यसले देश र जनतामा के कस्तो कार्यक्रम ल्याउछ र हाम्रो दलसँग उसको के कस्तो सम्बन्ध हुन्छ साथै नागरिक सम्बन्धको विषयमा कस्ता नीति ल्याउँछ भन्ने चासो छ’, उनले भने, ‘धेरै कुरा बुझ्नुपर्ने भएकाले पोलिटब्युरोले यस विषयमा निर्णय गर्ने अधिकार सचिवालयलाई दिएको छ ।’
यस्तै बैठकमा अन्य वामपन्थी दलहरुसँगको एकता, सहकार्य, मोर्चा बनउने जस्ता आवश्यक गृहकार्य गर्ने जिम्मेवारी पनि सचिवालयलाई नै दिइएको बैठकपछि प्रवक्ता खतिवडाले जानकारी एि । ‘हाम्रो पार्टी वामपन्थीहरुबीचमा एकता गर्ने, सहकार्य गर्ने, मोर्चा बनाउने, वामपन्थी जनमतलाई एक ठाउँमा ल्याउने र उनीहरुको पक्षमा काम गर्ने हिजो पनि गर्यौं र भोलि पनि गर्ने छौं’, प्रवक्ता .खतिवडाले भने, ‘केन्द्रीय सचिवालयलाई यस विषयमा गृहकार्य गर्नका लागि अनुमति प्रदान गरेको छ । यस कामलाई केन्द्रीय सचिवालयले समन्वय गर्दै छ ।’




















प्रतिक्रिया