Logo

प्रमुख समाचार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवर्ता, यी विषयमा भयो कुराकनी



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ भएको भेटमा विश्वासको मतको तयारी र सरकारलाई पूर्णता दिने विषयमा छलफल भइरहेको छ ।

प्रधानमन्त्रीको सचिवालयका सूर्य किरणका अनुसार विश्वासको मत लिने सम्बन्धमा भएको तयारी र मन्त्रिपरिषदलाई पूर्णता दिने सहितको विषयमा प्रधानमन्त्री प्रचण्ड र सत्ता गठबन्धनको प्रमुख घटक एमाले अध्यक्ष ओलीबीच छलफल भएको हो ।

एमालेसहित ७ दलको समर्थनमा संविधानको धारा ७६ (२) अनुसार पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले प्रतिनिधिसभाको पहिलो बैठक (पुस २६) मा नै विश्वासको मत लिने तयारी गरेका छन् । प्रधानमन्त्री प्रचण्ड र ओलीबीच विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको छ । प्रचण्डल तेस्रो पटक पुस ११ गते प्रधानमन्त्रीको सपथ लिएका थिए ।

प्रकाशित मिति : १९ पुष २०७९, मंगलवार १७:५७   :  बजे

138
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।