काठमाडौं । नेपालको अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले वासिङ मेसिनहरुमा प्रयोग हुने डिजिटल इन्भर्टर मोटर र फ्रिजहरुमा प्रयोग हुने डिजिटल इन्भर्टर कम्प्रेसरमा पहिलो पटक २० वर्षको वारेन्टी प्रदान गर्दै दिगोपनका लागि नयाँ कदम अघि बढाएका छ । यसले ई–वेष्ट (e-waste) न्यूनीकरण गर्ने र उपभोक्ताहरूलाई उच्च गुणस्तरीय र टिकाउ उपकरणहरू प्रदान गर्दै दिगो जीवनशैली प्रवर्द्धन गर्ने कम्पनीको दाबी छ ।
यसबाट आफ्ना उत्पादनहरूमा विश्वसनीयता र टिकाउपनलाई अझ मजबुत बनाउँदै ग्राहकहरूको मन जित्ने सामसङको विश्वास छ । सामसङको सस्टेनएबलिटी भिजनलाई आत्मसाथ गर्दै आफ्ना वासिङ मेसिन र रेफ्रिजरेटरहरूमा प्रयोग हुने डिजिटल इन्भर्टर मोटर्स र कम्प्रेसरहरूमा २० वर्षको वारेन्टी ल्याएको हो ।
घरेलु उपकरणहरू बारम्बार प्रतिस्थापन हुनुले समय र ऊर्जा खर्च हुनुका साथै भौतिक फोहोर पनि उत्पादन हुने हुँदा यो पहल गरिएको कम्पनीले जनाएको छ । ‘हाम्रा उपभोक्ताहरूको आत्मविश्वास जित्दै, हाम्रो सामानहरुमा दिगोपनको बाचासहितको ई–वेष्टलाई न्यूनिकरण गर्ने हाम्रो उद्देश्यलाई ठूलो टेवा पुग्ने छ’, सामसुङ नेपालका कन्ज्युमर इलेक्ट्रोनिक्स व्यवसायका उपमहाप्रबन्धक आलोक कुमार गुप्ताले भनेका छन् ।डिजिटल इन्भ
र्टर टेक्नोलोजीले ऊर्जा दक्षता र कार्यसम्पादनमा फ्रिज र वासिङ मेसिन जस्ता ठूला उपकरणहरू लामो समयसम्म टिक्नेलगायत धेरै कुराहरूमा प्रभाव पार्नेछ । जस्तै, २० वर्षको वारेन्टीको सुविधाले यस कोर कम्पोनेन्टहरुको एकताको सुरक्षा गर्दै उपकरणहरूको प्रयोग समेत विस्तार गर्दछ । विश्वसनीयता मार्फत प्रयोगकर्ताहरूलाई मानसिक रुपमा शान्ति प्रदान गर्ने र वातावरणीय फोहोर घटाउन मद्दत गर्ने कप्पनीको दाबी छ ।
यस्तै, डिजिटल इन्भर्टर मोटरले बलियो चुम्बकहरू प्रयोग गर्दछ। जसले गर्दा मेसिनलाई भाइब्रेट हुनबाट जोगाउँछ र प्रयोगकर्ताको वासिङ मेसिनलाई धेरै शान्त र सहज रूपमा चलाउने हुँदा जीवनलाई दैनिक रुपमा सहज र सरल बनाउने विश्वास सामसङको छ । साथै यसले संचालन खर्चलाई समेत नियन्त्रण गर्ने कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार यसले लुगा धुनका लागि यसमा भएको अन्य राम्रो सुवधाहरू प्रयोग गरी संचालनमा लाग्ने खर्चहरू पनि घटाउँछ । डिजिटल इन्भर्टर मोटर ब्रसलेस छ। यस्तै मेसिनमा चलाउने पार्ट्सहरुको संख्या सानो छ जसले तिनीहरूलाई लामो समयसम्म टिकाउन मद्दत गर्छ।
डिजिटल इन्भर्टर कम्प्रेसरले मानक सिंगल–स्पीड कम्प्रेसरको विपरीत एक नासको गतिमा काम गर्न सक्छ । जसको मद्दतले बन्द गर्ने वा पूर्ण गतिमा सञ्चालन गर्ने भन्ने कुरा निर्धारण गर्छ।
सामसङको डिजिटल इन्भर्टर टेक्नोलोजीले सबै उपकरणहरूमा दिगोपनको साथ आफैंमा अलग पहिचान बनाएको कम्पनीको दाबी छ । लामो समयसम्म दिगोपन कायम गर्न सामसङले यो सबैको घरबाट सुरु हुनुपर्छ भन्ने चाहेको बताएका छ । ‘किनभने हामीले हरेक दिन गरिएका साना कामहरुले पृथ्वीमा ठूलो प्रभाव पार्न सक्छ ।
२० वर्षको वारेन्टीद्वारा समर्थित आफ्नो किचन र अन्य उपकरणहरूमा समावेश गरिएका नवीन समाधानहरूका साथ कम्पनीले घरको लागि सक्रिय दिगो समाधानहरूलाई आत्मसाथ गर्दछ’, कम्पनीले भनेको छ, ‘सामसङको एडभान्स दक्ष रेफ्रिजरेटर वा वासिङ मेसिन खोज्ने उपभोक्ताहरूका लागि एक राम्रो प्राकृतिक विकल्प बन्न सक्छ।’





















प्रतिक्रिया