काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ती गर्न नेपाल राष्ट्र बैंकले प्रभु बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकले पुस १९ गते प्रभुलाई सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ती गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो ।
प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ती गर्न गत मंसिर २१ गते सम्झौता गरेको थियो । प्रभु बैंकले १ बराबर १ शेयर आदानप्रदान गर्ने सहमति अनुसार सेञ्चुरीलाई प्राप्ती गर्न लागेको हो ।
दुबै बैंकले पुस १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट प्राप्तीका लागि स्वीकृति प्रदान गरिसकेका छन् । सेञ्चुरीलाई प्राप्तिपछि बैंकको नाम प्रभु बैंकनै रहनेछ ।




















प्रतिक्रिया