Logo

अर्थ

सेञ्चुरी कमर्सियललाई प्राप्ति गर्न राष्ट्र बैंकले दियाे प्रभु बैंकलाई स्वीकृति



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ती गर्न नेपाल राष्ट्र बैंकले प्रभु बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकले पुस १९ गते प्रभुलाई सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ती गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो ।

प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ती गर्न गत मंसिर २१ गते सम्झौता गरेको थियो । प्रभु बैंकले १ बराबर १ शेयर आदानप्रदान गर्ने सहमति अनुसार सेञ्चुरीलाई प्राप्ती गर्न लागेको हो ।

दुबै बैंकले पुस १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट प्राप्तीका लागि स्वीकृति प्रदान गरिसकेका छन् । सेञ्चुरीलाई प्राप्तिपछि बैंकको नाम प्रभु बैंकनै रहनेछ ।

प्रकाशित मिति : २० पुष २०७९, बुधबार १५:३५   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।