Logo

अर्थ

थप ९ सहकारी कालोसूचीमा



काठमाडाैं । कर्जा सूचना केन्द्रले थप ९ सहकारीलाई कालोसूचीमा राखेको छ । केन्द्रका अनुसार चालु आर्थिक वर्षको पुस महिनामा मात्रै ९ वटा सहकारी संस्था कालोसूचीमा राखेको हो ।

यस अवधिमा कालोसूचीमा परेका सहकारीमा सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था, स्मृति सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, महाकाली मल्टीप्रपोज को अपरेटिभ र गोर्खाली बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।

त्यस्तै, श्री उमा गौरी एग्रिकल्चर कोअपरेटिभ, गोल्डेन रोज सेभिङ एण्ड क्रडिट कोअपरेटिभ, गणेशजल मल्टी प्रपोज कोअपरेटिभ, मेगा ड्रिम मल्टी प्रपोज कोअपरेटिभ र महाकाली मल्टी प्रपोज कोअपरेटिभ लाई पनि केन्द्रले यस अवधिमा कालोसूचीमा राखेको छ ।

प्रकाशित मिति : २० पुष २०७९, बुधबार १७:२५   :  बजे

135
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।