सुर्खेत । नेपाल प्रेस युनियन कर्णाली प्रदेश अधिवेशनको क्रममा विवाद हुँदा हात हालाहालको अस्थिति उत्पन्न भएको छ । वीरेन्द्रनगरको टाकुमा होटेलमा आयोजित अधिवेशनमा पार्षद चयनको विषयमा संस्थापन र इतर समूहबीच विवाद भएपछि हात हालाहाल नै भएको हो ।
संस्थापनइतर पक्षधरका पार्षद धेरै भएको भन्दै नाम काटिएपछि तनावको स्थिति सिर्जना भएको हो । अधिवेशनमा सहभागी एक प्रतिनिधिले विवादको क्रममा माईक खोसाखोस भएको बताए ।
अधिवेशनमा प्रेस युनियनका अध्यक्ष शिव लम्साल, कांग्रेस नेता डा. मिनेन्द्र रिजाल, कांग्रेस नेता हृदयराम थानीलगायत उपस्थित थिए ।




















प्रतिक्रिया