पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीले आफ्नै दलित महिला सदस्यमाथि अपमानजनक अपशब्द प्रयोग गरेर तल्लो स्तरको टिप्पणी गरेका छ । पदीय दायित्व भुलेर उनले दलित महिला सदस्य मैया नेपालीप्रति छुद्र बोली बोलेका हुन् ।
वडाध्यक्ष अधिकारीको उक्त हर्कतप्रति नेकपा एमाले पोखरा महानगर कमिटीले आपत्ति जनाएको छ । वडाध्यक्ष अधिकारीले दलित महिला सदस्य मैया नेपालीलाई ‘तेरो परिवारको हैसियत के हो ?’ भन्दै हेपाहा प्रवृत्ति देखाएपछि एमालेले आपत्ति जनाएको हो । उनले यत्ति मात्र नभई सम्पूर्ण दलित समूदायलाई होच्याउने खालका टिप्पणी पनि गरेका छन् । ‘वडाको बजेटमा दमै, कामी, सार्कीले सिनो लुछेको जस्तै गरि लुट्न खोज्छेस् ?’ जस्ता अपमानजनक शब्द प्रयोग गरेको भन्दै एमाले महानगर कमिटीले वडाध्यक्ष अधिकारीलाई कारबाही गर्न माग गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘एतिहासिक सामाजिक, सांस्कृतिक रुपले महत्वपूर्णको हाम्रो वडामा वडा समिति सञ्चालन गर्न क्रममा वडा अध्यक्ष भरतबहादुर अधिकारीले वडा सदस्यहरुलाई पटक–पटक अमयार्दित अमानवीय, गैर कानुनी शब्दहरु प्रयोग गरेर दुव्र्यवहार गर्दै आउनुभएको विषयले हाम्रो पार्टी नेकपा एमालेको गम्भीर ध्यानकर्षण भएको । पदीय दाइत्व भुलेर गर्ने यस्तो हर्कतको प्रति कारबाहीको माग गदछौं ।’
वडासदस्य नेपालीलाई पुस १८ गते लक्षित वर्गमा छुट्टिएको बजेट कार्यान्वयका लागि आयोजित महिलाहरुको भेलामा अध्यक्ष र अन्य सदस्यहरुको संवाद हुँदै गर्दा अपमानजनक शब्द बोलेको उल्लेख छ ।
‘अध्यक्ष अधिकारीले प्रदेश र संघीय कार्यालमा गएर बजेट ल्याएर कार्यान्वय गर । तँलाई महानगरले दिने तलब भत्ता बराबरका रकमका मानिस त मैले घरमा गरिराखेको छ । म यो रकम बराबरको रकम आफै गर्न सक्छु । तँ तलब भत्ता खान आएकी होस्, घरमै बसेर खा’ जस्ता अपमान जनक शब्द बोलेको एमाले महानगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कमिटीले दोषीलाई कारबाहीको माग गरेको छ ।





















प्रतिक्रिया