Logo

अर्थ

सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन कायर्दल बैठक अर्थमन्त्रालयमा



काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई आज (शुक्रबार) अन्तिम रुप दिइँदै छ । अर्थ मन्त्रालयमा सुरु भएको कार्यदलको बैठकले आज कार्यक्रमको मस्यौदालाई पूर्णता दिन लागेको हो ।

कार्यदलको बैठक बिहीबार पनि बसेको थियो । तर कार्यदल सदस्य एवम् माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अस्वस्थताका कारण बैठकमा सहभागी हुन नसकेपछि मस्यौदालाई अन्तिम रुप दिने काम शुक्रबारका लागि सारिएको थियो ।

न्यूतम साझा कार्यक्रममा सार्वजनिक पद धारण गरेकाहरुको सम्पत्ति छानबिन र न्यायिक सुधारका लागि उच्चस्तरीय आयोग गठन, भ्रष्टार नियन्त्रण र सुशासन, छिटोछरितो सरकारी सेवा लगायतका विषय पनि समेटिने बताइएको छ ।

कार्यदलले दिने मस्यौदालाई सत्ता साझेदार दलका शीर्ष नेताहरुले अन्तिम रुप दिनेछन् । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनुभन्दा अगाडि नै सरकारको न्यूनतम साझा कार्यक्रमलाई सार्वजनिक गर्ने तयारी गरिएको सत्तारुढ नेताहरुले बताए । प्रधानमन्त्री प्रचण्डले संसदमा पुस २६ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रकाशित मिति : २२ पुष २०७९, शुक्रबार १२:१६   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।