काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई आज (शुक्रबार) अन्तिम रुप दिइँदै छ । अर्थ मन्त्रालयमा सुरु भएको कार्यदलको बैठकले आज कार्यक्रमको मस्यौदालाई पूर्णता दिन लागेको हो ।
कार्यदलको बैठक बिहीबार पनि बसेको थियो । तर कार्यदल सदस्य एवम् माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अस्वस्थताका कारण बैठकमा सहभागी हुन नसकेपछि मस्यौदालाई अन्तिम रुप दिने काम शुक्रबारका लागि सारिएको थियो ।
न्यूतम साझा कार्यक्रममा सार्वजनिक पद धारण गरेकाहरुको सम्पत्ति छानबिन र न्यायिक सुधारका लागि उच्चस्तरीय आयोग गठन, भ्रष्टार नियन्त्रण र सुशासन, छिटोछरितो सरकारी सेवा लगायतका विषय पनि समेटिने बताइएको छ ।
कार्यदलले दिने मस्यौदालाई सत्ता साझेदार दलका शीर्ष नेताहरुले अन्तिम रुप दिनेछन् । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनुभन्दा अगाडि नै सरकारको न्यूनतम साझा कार्यक्रमलाई सार्वजनिक गर्ने तयारी गरिएको सत्तारुढ नेताहरुले बताए । प्रधानमन्त्री प्रचण्डले संसदमा पुस २६ गते विश्वासको मत लिने तयारी गरेका छन् ।




















प्रतिक्रिया