Logo

प्रमुख समाचार

गृहमन्त्री लामिछानेले अमेरिकाबाट आएपछि नेपाली नागरिकता नै नलिएको तर्क, सांसद पद खारेजीको माग



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । सुनुवाइका क्रममा रिट निवेदकको तर्फबाट बहस गर्दै कानुन व्यवसायीहरुले लामिछाने नेपाली नागरिक नै नभएको भन्दै उनको सांसद पद खारेज हुनुपर्ने तर्क गरेका छन् ।

अधिवक्ताहरु सुरेन्द्र भण्डारी, रमण कर्ण, अमृत खरेललगायतले अमेरिकाबाट आएपछि नेपाली नागरिकता लिएको प्रमाण पेश नभएकाले पनि लामिछाने नेपाली नागरिक नभएको बताएका छन् । सहन्यायाधिवक्ता सञ्जिव रेग्मीले भने लामिछानेको नागरिकताबारे कुनै निर्णय नगरेकाले अन्तरिम आदेश जारी गर्नु नपर्ने बताएका छन् ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा सुनुवाइ भइरहेको हो ।

प्रकाशित मिति : २२ पुष २०७९, शुक्रबार १३:३९   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।