Logo

प्रमुख समाचार

सर्वदलीय बैठक : संसद्को पहिलो बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने



काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमा दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् । संसदको पहिलो बैठकका एजेण्डा तय गर्न बसेको सर्वदलीय बैठकले पहिलो दिन दलका शीर्ष नेताहरूले बोल्ने कार्य तालिका तय गरेको हो ।

यस्तै बैठकले पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तय गरेको छ । सभामुख चयनका बारेमा भने अर्को सर्वदलीय बैठकले निर्णय गर्ने सहमति भएको छ ।

सभामुख चयन नभएसम्म प्रतिनिधिसभा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बैठकको अध्यक्षता गर्ने छन् । यअसघि आफूले राष्ट्रपतिबाट शपथ लिएर अन्य सदस्यहरुलाई शपथ पनि उनले नै गराएका थिए ।

प्रकाशित मिति : २२ पुष २०७९, शुक्रबार १४:५५   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।