काठमाडौं । प्रतिनिधिसभाको सभामुख चयनका लागि आगामी माघ ७ गते निर्वाचन गर्न प्रस्ताव गरिएको छ । ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको सर्वदलीय बैठकमा यस्तो प्रस्ताव गरिएको हो । प्रस्तावअनुसार माघ ७ मा सभामुख र माघ ९ मा उपसभामुखको निर्वाचन गर्न दलहरु सहमत भएका नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए ।
प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख वा उपसभामुख चयन गरिसक्नुपर्ने व्यवस्था छ । प्रतिनिधिसभाको पहिलो बैठक यही पुस २५ गते दिउँसो १ बजे बस्ने कार्यसूची छ । पहिलो बैठकमा प्रतिनिधिसभामा संलग्न दलका शीर्ष नेता वा सांसदले सम्बोधन गर्ने विषयमा सहमति जुटेको छ ।




















प्रतिक्रिया