Logo

प्रमुख समाचार

गृहमन्त्री लामिछाने विरुद्धकाे मुद्दामा अन्तिम सुनुवाइ माघ ११ गते हुने (आदेशसहित)



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ माघ ११ गते हुने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको मुद्दामा अन्तरिम आदेश दिन भने अस्वीकार गर्यो ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत सम्मलित संवैधानिक इजलासले शुक्रबार अन्तरिम आदेश जारी नगर्ने निर्णय सुनाएको हो ।

तर अग्राधिकार दिँदै अन्तिम सुनुवाइका लागि माघ ११ मा पेश गर्न आदेश दिएको हो । अन्तरिम आदेश नभएपछि लामिछानेलेको गृहमन्त्री र सांसद पद जोगिएको छ ।

मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछाने पुस ११ गते उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएका थिए ।

  • याे पनि…

गृहमन्त्री लामिछाने विरुद्धको मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार, पद सुरक्षित

प्रकाशित मिति : २२ पुष २०७९, शुक्रबार १९:४५   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।