काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम तयार भएको छ । नेकपा एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलले न्यूनतम साझा कार्यक्रममलाई पूर्णता दिएको हो ।
साझा कार्यक्रममा सरकारी सेवा उपलब्ध गराउन टाइम कार्डको व्यवस्था गर्ने उल्लेख छ । सेवाग्राहीले अहिले भोग्नुपरेको लाइनको सास्तीबाट मुक्त गराउने, सरकारी सेवाहरू अनलाइन प्रणालीमार्फत उपलब्ध गराउने, सरकारी सेवाहरू तोकिएको समयमा उपलब्ध गराउन टाइम कार्ड प्रणाली लागू गर्ने साझा कार्यक्रमको मस्यौदामा उल्लेख छ ।
यस्तै फरक–फरक कार्यालयमा नागरिकतालगायत डकुमेन्ट पटक–पटक बुझाउनुपर्ने झन्झटलाई हटाउन राष्ट्रिय परिचयपत्र प्रचलनमा ल्याउने पनि उल्लेख छ । न्यूनतम कार्यक्रममा सबै कालखण्डका भ्रष्टाचारको फाइल खोल्ने, पृथ्वी जयन्ती (पुस २७ गते) सार्वजनिक विदा दिनेलगात विषय साझा न्यूनतम कार्यक्रममा समेटिएको छ ।
सरकारको न्यूनतम सझा कार्यक्रमको पूर्णपाठ हेर्नुहोस्




















प्रतिक्रिया