Logo

प्रमुख समाचार

विश्वासको मत र प्रदेशको भागन्डा टुङ्ग्याउन सत्तारुढ दलहरुको बैठक बस्दै



काठमाडौं । सत्ता गठबन्धनको बैठक आज (आइतबार) बस्दै छ । प्रदेश सरकार गठनको मिति नजिकिएसँगै दलहरू सहमति खोज्न छलफलमा जुट्न लागेका हुन् । शनिबार बालुवाटारमा सामान्य छलफल भएको थियो । आज सबै प्रदेशको भागबण्डा मिलाउने गरी छलफल हुने नेताहरूले बताएका छन् ।

बैठकमा प्रदेशहरूको भागबण्डा र सरकारले लिने विश्वासको मत लगायतका विषयमा छलफल हुने बताइएमको छ । प्रदेश नम्बर १ मा आइतबार सरकार गठनका लागि दिइएको समयसीमा सकिँदैछ ।

प्रदेश १ र गण्डकी एमालेले पाउने निश्चित हुँदा कर्णाली र सुदूरपश्चिममा माओवादीको दाबी छ । यद्यपि सुदूरपश्चिममा नागरिक उन्मुक्तिले पनि दाबी गरिरहेको छ ।

मधेश प्रदेशमा जनमत पार्टी र जनता समाजवादी पार्टीले दाबी गरेका छन् । यहाँ दुवै दललाई आधा आधा कार्यदल सरकारको नेतृत्व दिने गरी सहमति जुटाउने प्रयास भइरहेको छ ।

एमालेले थप दुई प्रदेश पाउने लगभग निश्चित छ । ती दुई प्रदेश लुम्बिनी र बागमती हुन सक्छन् । यद्यपि बागमती नपाए कर्णालीमा एमालेको दाबी रहने नेताहरूको भनाइ छ ।

प्रकाशित मिति : २४ पुष २०७९, आईतवार १०:४५   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।