Logo

अर्थ

ज्योति विकास बैंकको लाभांश घोषणा



काठमाडाैं । ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश घोषणा गरेको छ ।

बैंकको पुष २२ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको ३ प्रतिशत बोनस सेयर र ३.८० प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ६.८० प्रतिशतथ लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपश्चात बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ ।

प्रकाशित मिति : २४ पुष २०७९, आईतवार ११:२४   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।